s

वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति खुल्ला

आइतबारदेखि सबै प्रकारका श्रम स्वीकृति हप्ताको तीन दिन खुल्ने वैदेशिक रोजगार विभागले जनाएको छ।

‘अब नयाँ तथा पुनः सबै श्रम स्वीकृति हप्ताको तीन दिन जारी गर्ने निर्णय भएको छ। आइतबार, मंगलबार र बिहीबार भौतिक उपस्थितिमा श्रम स्वीकृति जारी गरिनेछ,’ विभागका निर्देशक तथा सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले सेतोपाटीसँग भने।

विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरसँगै गरिएको निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि यसअघि विभागले केही समय भौतिक उपस्थितिमा हुने सबै प्रकारका श्रम स्वीकृति बन्द गरेको थियो।

बायोमेट्रिक भएकाहरुको हकमा कार्यालयले गत वैशाख २४ गतेदेखि अनलाईनमार्फत पुनः श्रम स्वीकृतिको सुविधा दिँदै आएको थियो। 

बायोमेट्रिक नभएकाहरुको हकमा अनलाईनमार्फत सेवा दिन समस्या भएपछि कार्यालयले हप्ताको दुई दिन भौतिक उपस्थितिमै पुनः श्रम स्वीकृति तथा बैधानिकीकरण सेवा दिन सुरु गरेको थियो।

अन्तर्राष्ट्रिय उडानमा सहज भएसँगै विभागले सबै प्रकारका श्रम स्वीकृति जारी गर्ने निर्णय गरेको हो।

Published on: 25 June 2021 | Setopati

Link

Back to list

;