s

वैदेशिक रोजगारीबाट फर्किएका युवा सुन तस्करीमा

वैदेशिक रोजगारबाट फर्किएका युवालाई सुन तस्कारले प्रयोग गरेको खुलेको छ । प्रहरीले वैदेशिक रोजगारबाट फर्किएका तीन युवालाई तस्करी गरी भित्र्याइएको सुनसहित पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो ।
 
महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले वैदेशिक रोजगारबाट फर्किएका काठमाडौं–१९ मरुटोलका ४४ वर्षीय दिलीप शाहीलाई पक्राउ गरेको हो ।
 
प्रहरीले उनको साथबाट ७ लाख ८२ हजार ९ सय ६२ रुपैयाँ मूल्यबराबरको १३.५६ तोलाको तीनवटा सुनका चुरा बरामद गरेको छ । प्रहरीका अनुसार उनी कतारबाट नेपाल फर्किएका थिए ।
 
उनले ल्याएको सुन पर्सा वीरगन्जका २७ वर्षीया सुनीता खड्गीको रहेको खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको थियो ।
 
प्रहरीले शाहीसँगै भारती नागरिक १६ वर्षीय मोहम्मद साहिब अन्सारीलाई पनि पक्राउ गरेको छ । प्रहरीका अनुसार तस्कारले एकपटक सुन बोकेबापत ६ हजार रुपैयाँ दिने गरेको खुलेको छ ।
 
Published on: 10 March 2018 | Naya Patrika

Back to list

;