s

वैदेशिक रोजगार व्यवसायी धरौटी राख्न तयार

वैदेशिका रोजगार विभागले इटहरी, बिर्तामोड, दमक लगायत क्षेत्रका म्यान पावर कम्पनीका शाखामा तालाबन्दी गर्न थालेपछि व्यवसायीले धरौटी बापतको रकम बुझाउन तयार देखिएका छन् । विभागको टोलीले सातायता इटहरी लगायत क्षेत्रका शाखामा ताला लगाएको छ ।

वैदेशिका रोजगार व्यवसायी संघका महासचिव कमल तामाङले सरकारले तोकेको मापदण्ड अनुसार धरौटी बापत रकम बुझाउन तयार रहेको बताए । 'तर सरकारले व्यवसाय पनि गर्न नदिने, धरौटी समेत नलिने रणनीति बनाउनु भएन,' उनले भने ।  

तामाङले मापदण्ड विपरीत कन्सल्टेन्सीले समेत सर्वसाधारणलाई विदेश पठाउने र अलपत्र पार्ने गरेकाले त्यस्ता कन्सल्टेन्सीहरू तत्काल बन्द गर्न माग गरे । 

विभागले जिल्लामा रहेका सबै वैदेशिका रोजगार कम्पनीका शाखा गैरकानुनी भएको आरोप लगाउँदै आवश्यक कारबाहीका लागि गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ ।

Published on: 29 June 2012 | Kantipur 

Back to list

;