s

वैदेशिक रोजगार सम्बन्धीका एप्लिकेसन र अनलाइन लक्षित वर्गमा पुग्न सकेन

सुरक्षित वैदेशिक रोजगारीलाई लक्षित गर्दै बनाइएका मोवाइल एप्लिकेसन र अनलाइन पोर्टलका सामग्री प्रभावकारी हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् । सुरक्षित वैदेशिक रोजगारीका लागि सहायता सेवा र सूचनाको पहुँचमा प्रविधिको प्रयोगबारे छलफल गर्न बोलाइएका सहभागीले यस्तो बताएका हुन् । 
 
सुरक्षित आप्रवासन परियोजना (सामी) सेल्भेटास इन्टरकोअपरेसनको सहयोगमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम)ले सोमबार काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रमका सहभागीले बनेका सामग्री पनि सम्भावित आप्रवासी र रोजगारीका लागि विदेशमा रहेका युवामाझ पुग्न नसकेको गुनासो गरे । 
 
कार्यक्रममा वेबपेज र एप्लिकेसन सञ्चालन गर्ने संस्थाका प्रतिनिधि र वैदेशिक रोजगारीका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिको उपस्थिती थियो । 
 
Published on: 19 March 2018 | Ujyaaloonline

Back to list

;