s

वैदेशिक रोजगार मुद्दाका फरार ७ वर्षपछि पक्राउ

केही वर्षयता विभिन्न आपराधिक मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले खोजीखोजी समात्दै आएको छ । यसै सिलसिलामा उदयपुर प्रहरीले ७ वर्षदेखि फरार एक व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत उदयपुरको ०७४ फागुन २१ गतेको फैसला अनुसार वैदेशिक रोजागर ठगी मुद्दामा १ वर्ष कैद र ४ लाख ५० हजार जरिवानाको सजाय सुनाइएका व्यक्ति पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अदालतबाट दोषी करार भए पनि फरार रहदै आएका त्रियुगा नगरपालिका ८ राजाबासका ५३ वर्षीय मीनबहादुर मगरलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको हो ।

गाउँघरमै लुकिछिपी बस्दै आएको गोप्य सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ मगरलाई आइतबार फैसला कार्यान्वयनका लागि अदालतको जिम्मा लगाइएको प्रहरी प्रमुख एसपी रमेश थापाले बताए ।

Published on: 24 June 2024 | Nagarik

Link

Back to list

;