s

वैदेशिक रोजगार कार्यालयमा ‘अरेवियन’ भाषाकाे कक्षा सञ्चालन

वैदेशिक रोजगार कार्यालय ताहाचलले कर्मचारीहरूका लागि १५ दिने अरेवियन भाषा कक्षा सुरु गरेको छ।

कार्यलयले हरेक दिन बिहान दुई घन्टा अरेवियन भाषा कक्षाको संचालन हुने जानकारी दिएको छ। उक्त कक्षा आजबाट सुरु भएको हो।

अरेवियन मुलुकहरू नेपाली श्रमिकहरूको गन्तव्य स्थल बन्ने क्रम बढ्दै गएकाले कार्यलयले अरेवियन भाषाको कक्षा सुरु गरेको हो।

अरेवियन भाषा संचालनबाट कर्मचारीहरूको दक्षता अभिवृद्धि हुनुका साथै भविष्यमा श्रम स्वीकृति प्रदान गर्ने लगायतका कार्यमा भिसा जाँच, मागपत्र र भिसामा उल्लेख हुने पेशाको जाँच लगायतका विषयमा कर्मचारीहरूको कार्यकुशलता अभिवृद्धि हुने अपेक्षा कार्यालयले लिएको छ।

उत्त कक्षा संचालनमा कार्यालयमा कार्यरत कर्मचारीहरु बाहेक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा वैदेशिक रोजगार विभागमा कार्यरत कर्मचारीहरूको समेत सहभागि छन्।

Published on: 12 October 2023 | Nagarik

Link

Back to list

;