s

वैदेशिक रोजगार विभागमा बिचौलिया रोक्न परिचयपत्र अनिवार्य

४ भदौ, काठमाडौं । वैदेशिक रोजगार विभागमा अनधिकृत व्यक्तिको प्रवेशले भीडभाड भएको भन्दै विभागले अब परिचय पत्र अनिवार्य गरेको छ ।

विभागले एक सूचना जारी गर्दै विभाग/कार्यालयको प्रशासनिक भवन भित्र प्रवेश गर्दा वैदेशिक रोजगार व्यवसायी संघले जारी गरेको परिचय पत्र लगाउन भनेको हो । अन्य व्यक्तिले भने आफ्नो परिचय खुल्ने कागजात साथमा राख्न समेत विभागले भनेको छ ।

विभागमा सेवाग्राहीको संख्या बढेको र भीडभाडले सेवा प्रवाहमा कठिनाइ भएको भन्दै विभागले परिचपय पत्र अनिवार्य गरिएको बताएको हो । विभागले यसबारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई समेत सूचित गराएको छ ।

Published on: 22 August 2023 | Onlinekhabar

Link

Back to list

;