s

वैदेशिक रोजगार विभागको शुल्क भुक्तानी एनसिएचएलबाट

वैदेशिक रोजगार विभाग र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीमार्फत अनलाइन भुक्तानीसम्बन्धी सहमति भएको छ । विभागका निर्देशक भोलानाथ गुरागाईं तथा एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले अनलाइन भुक्तानीसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि वैदेशिक रोजगार विभागका सम्पूर्ण भुक्तानी कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीमार्फत वैदेशिक रोजगारकर्मी तथा अन्य संस्थाको बैंक खाताबाट सोझै गर्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाबाट प्रवद्र्धित नेपाल क्लियरिङ हाउस लिमिटेडले विभिन्न भुक्तानी प्रणालीहरू स्थापना र सञ्चालन गर्दै आएको छ । हाल क्लियरिङ हाउसले विद्युतीय माध्यमबाट विभिन्न भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

Published on: 28 January 2020 | Naya Patrika

Link

Back to list

;