s

वैदेशिक रोजगार विभागद्वारा क्यापिटल र इगल म्यानपावरमाथि दुई लाख जारिवाना

काठमाडौँ — वैदेशिक रोजगार विभागले क्यापिटल रेक्रुटमेन्ट सर्भिस (९२४) र इगल म्यानपावर कन्सल्ट्यान्ट (१६०६)लाई दुई लाख रुपैयाँ जरिवाना तोकेको छ ।

विभागले बिनास्वीकृति सामाजिक सञ्जालको प्रयोग गरी वैदेशिक रोजगारीमा पठाइदिने भनी विज्ञापन गर्नुको साथै राहदानी संकलन गरेको ठहर गर्दै ती मेनपावरहरुलाई जरिवाना लगाएको हो ।

विभागले वैदेशिक रोजगार ऐनको दफा १० विपरीत वैदेशिक रोजगारीसँग सम्बन्धित विज्ञापन सामाजिक सञ्जाल (फेसबुक, टिकटक)मा प्रकाशन गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्ने सुयान एजुकेशन प्रा.लि., ललितपुर र एलाईट टु बर्क हृयुमन रिसोर्सेस हस्पिटालिटी एन्ड ट्रेनिङ सेन्टर, ललितपुरको स्थलगत अनुगमन गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

विभागले वैदेशिक रोजगारीमा जान ईच्छुक सबैलाई भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न अनुरोध गरेको छ ।

Published on: 18 August 2023 | Kantipur

Link

Back to list

;