s

वैदेशिक रोजगार विभाग तथा एनसीएचएलबीच अनलाइन भुक्तानीको लागि सम्झौता

(डिओएफइ)ले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच एनसीएचएलको कनेक्टआइपिएस इपेमेन्ट प्रणालीमार्फत डिओएफइको अनलाइन भुक्तानी संकलन गर्ने सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईं तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले विभागका महानिर्देशक भीष्मकुमार भुसाल र एनसीएचएलका पदाधिकारीहरूको उपस्थितिमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि वैदेशिक रोजगार विभागका सम्पूर्ण भुक्तानीहरु कनेक्टआइपिएस इ–पेमेन्ट प्रणलीमार्फत वैदेशिक रोजगार कर्मीहरु तथा अन्य संस्थाहरुका बैंक खाताबाट सोझै तोकिएको बैंक खातामा प्राप्त गर्न सकिनेछ छ।

कनेक्टआइपिएस इ–पेमेन्ट प्रणलीमा आबद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ग्राहकहरुले कनेक्टआइपिएस र विभिन्न बैंकिङ च्यानलहरुबाट भुक्तानीहरु गर्नसक्ने बताइएको छ।

प्रारम्भिक रुपमा यस प्रणाली मार्फत वैदेशिक रोजगारकर्मीहरुले तोकिएका बीमा कम्पनीहरुमा अनिवार्य आवधिक बीमाका निम्ती बुझाउनु पर्ने, बीमा प्रिमियम शूल्क सोझै बैंक खाताबाट जम्मा गर्न सक्नेछन्।

साथै पछिल्लो तहमा कल्याण्कारी कोषमा अनिवार्य जम्मा गर्नु पर्ने रकम, भाषा परीक्षण शूल्क, कम्पनी नविकरण शूल्कलगायतका विभिन्न भुक्तानीहरु पनि अनलाईनमार्फत भुक्तानी गर्न सकिनेछ।

वैदेशिक रोजगार विभाग र एनसीएचएलबीच भएको यस सम्झौताले विभागको इ–पेमेन्ट लागू गर्ने उद्देश्यलाई टेवा पुर्याउनुका साथै सर्वसाधारणलाई पनि अन्लाईन माध्यम मार्फत भुक्तानी गर्न सहज वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।

एनसीएचएल नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुबाट प्रबद्र्घित कम्पनी हो।

जसले राष्ट्रिय भुक्तानी पूर्वाधारको विस्तारका निम्ती एनसिएचएल–इसिसी, एनसिएएचल–आइपिएस, कनेक्ट आइपिएस इपेमेन्ट र कनेक्ट आरटिजिएस लगायतका भुक्तानी तथा फर्छौटका प्रणालीहरु स्थापना र सन्चालन गर्दै आइरहेको छ।

Published on: 29 January 2020 | Setopati

Link

Back to list

;