s

वैदेशिक रोजगार ठगी मुद्दामा फरार महिला पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दामा फरार एक महिलालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।पाल्ला खानीगाउँकी ५८ वर्षीया टिकाकुमारी थापालाई केन्द्रीय अनुसन्धान ब्युरोले महाराजगञ्जबाट पक्राउ गरेको हो।

ठगी मुद्दामा थापालाई २०७५ असार २६ गते सर्वोच्च अदालतले एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। वैदेशिक रोजदार व्यवसायको इजाजतबेगरै थापाले साइप्रस पठाइदिने भन्दै नमिता देवलाई ठगेको उजुरी परेको थियो। सो मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको थियो।थापालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पठाइएको ब्युरोले जनाएको छ।

Published on: 30 June 2019 | Setopati

Back to list

;