s

बैदेसिक रोजगार वचतपत्र अर्को हप्तादेखि

बैदेसिक रोजगारीमा गएकाहरुलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले माघ १७ गतेदेखि बैदेशीक रोजगार बचत पत्र जारी गर्ने भएको छ। बैदेसिक रोजगारीमा कमाएको पैसा उत्पादक क्षेत्रमा लगानी गर्न सहयोग पुर्याउने भन्दै सरकारले विगतमा पनि राष्ट्र बैकमार्फत जारी गर्दै आएको  बैदेशीक रोजगार बचत पत्र यस वर्षको लागि माघ १७ गतेदेखि फागुन १७ गतेसम्म खुला गर्ने केन्द्रिय बैकले जनाएको छ।

राष्ट्र बैकले जारी गर्न लागेको ५ वर्षे ५० करोड रुपैयाँसम्मको बचत पत्रमा बिदेशमा रहेर रोजगारी गरिरहेकाले मात्र नभएर बाहिरको रोजगारीबाट नेपाल फर्किएको ४ महिना पुरा नभएका नेपाली तथा गैर आवासीय नेपाली स्वयंले वा परिवारका सदस्यको नामबाट पनि खरिद गर्न पाउने ब्यवस्था रहेको छ।

वैदेशिक रोजगारीमा संलग्न इच्छुक नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले बचतपत्र खरिदको लागि घटिमा ५ हजार रुपैयाँ र बढीमा ५० हजार रुपैयाँसम्मका लागि आवेदन दिन सक्ने केन्द्रिय बैंक राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ।

गत वर्ष ९ प्रतिशत ब्याजदर रहेको भएतापनि यसपटक कभने १० प्रतिशत व्याज दर रहेको बचत पत्रको व्याज भुक्तानी ६–६ महिनामा हुने पनि राष्ट्र बैकले जनाएको छ। यस्तो बचत पत्र खरिद गर्नेले २०७८ फागुन २३ गत साँंवा भुक्तानी प्राप्त गर्ने छ। साथै बचत पत्र सेयर बजारमा कारोबार गर्न सकिने र चाहेको समयमा बिक्री गर्न सकिन्छ। यस्तो वचत पत्र धितो राखेर बैंकबाट ऋण लिन पनि सकिन्छ।

राष्ट्र बैकले नेपाल भित्र सानिमा बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, माछापुच्छे्र बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, नबिल बैंक, सनराइज बैंक, सेञ्चुरी कमर्सियल बैंकबाट खरिद गर्न सकिने र देशबाहिर प्रभु रेमिट, आइएमई, सेवा रेमिट, सिटि एक्सपे्रस, सानिमा बैंक, सनराइज बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभु बैंकबाट खरिद गर्न सकिने पनि जनाएको छ। दक्षिण कोरिया, कतार, युएइ, भारत, जापान, साउदी अरेबिया, अमेरिका, मलेशीया, बहराइन, दुबई, अष्ट्रेलिया, बेलायत मुलकमा समेत एजेन्टहरुले बचत पत्र बिक्रीको सुविधा मिलाएको राष्ट्र बैकले जनाएको छ।

गत वर्ष जेठमा पनि राष्ट्र बैकले ३३ करोड ७९ लाख १५ करोड रुपैँयाको ५–वर्षे बचतपत्र निकालेको थियो। गत वर्ष वार्षिक रुपमा करबाहेकको ९ प्रतिशत व्याजदर दिएको थियो।

बैंकले विगतमा पनि दुई पटक २५/२५ करोड रुपैयाँको बैदेसिक रोजगारी बचत पत्र ल्याएको थियो। तर सुरु सुरुमा आशातित रुपमा वचत पत्र बिक्री भएको थिएन। अपेक्षा अनुरुप उक्त बचतपत्रमा वैदेशिक रोजागारीमा जाने नेपाली कामदारहरुको आकर्षण नरहेको भएतापनि विभिन्न गैर सरकारी संस्थाहरुमा विदेशमा रहेका काम गर्ने नेपालीहरु एवं गैर आवसीय नेपालीहरुले बढि मात्रामा रुची देखाएका थिए

Published on: 30 January 2017 | Nagarik

Back to list

;