s

वैदेशिक रोजगारीमा जाँदा बैंक खाता अनिवार्य

नेपाल सरकारले अब वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा बैंक खाता खोल्नु पर्ने नीति ल्याएको छ। 

अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा बजेट भाषण गर्दै आगामी आर्थिक वर्षदेखि जो कोहीले पनि वैदेशिक रोजगारीमा जानु अघि बैंक खाता अनिवार्य रुपमा खोल्नुपर्ने र उक्त खातामा नै रकम पठाउनु पर्ने व्यवस्था गरिएको बताए। 

त्यस्तै विप्रेषणलाई स्वेच्छिक रुपमा रेमिट हाइड्रो लगायतमा लगानी गर्न प्रोत्साहन समेत गरिने भएको छ । 

Published on: 30 May 2017 | Nagarik

Back to list

;