s

वैदेशिक रोजगार संघबाट तामाङ हटाइए


वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षबाट बलबहादुर तामाङ नेतृत्वको समूह हटाइएका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले हंसराज वाग्ले समूहको नेतृत्वलाई वैधानिकता दिएपछि तामाङको समूह संघबाट बाहिरिएको छ ।

संघको कार्यालयमा बिहीबार जिल्ला प्रशासनको पत्र पुगेको थियो । पत्रमा वाग्ले नेतृत्वको कार्यसमितिलाई 'अवैधानिक भन्न नमिल्ने' उल्लेख छ । पत्रसँगै वाग्ले नेतृत्वको कार्यसमितिले कार्यभार सुरु गरेको छ । 'जिल्ला प्रशासनको निर्णयप्रति मेरो भन्नु केही छैन,' तामाङले भने । संघ कार्यालय स्रोतका अनुसार तामाङ समूहलाई निर्णयमा अवैधानिक भनेर पनि लेखिएको छैन । तामाङको कार्यकाल चैत २४ मा सकिँदै छ । कार्याकाल सकिनु करिब दुई महिनाअघि मात्र जिल्ला प्रशासनले वाग्ले समूहलाई वैधानिकता दिएको छ । 

Published on: 16 February 2014 | Kantipur

Back to list

;