s

बाहिनी–छोरी बेच्ने पक्राउ

भारतका कोठीमा बहिनी र छोरी बिक्री गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । नुवाकोटको खड्गभञ्ज्याङकी खुइली तामाङलाई प्रहरीले चितवनको रत्ननगर जिरौनाबाट पक्राउ गरेर यहाँ ल्याएको हो । उनले ४ वर्ष अघि नुवाकोटकी १५ वर्षिया बहिनी पुजा (नाम परिवर्तन) लाई भारतको ईलाहबादस्थित रेडलाइट क्षेत्र मिरपुरको कोठीमा लगेर बिक्री गरेकी थिइन् ।

भारतीय प्रहरीको सहयोगमा प्रवासी नेपाली मित्र मञ्च दिल्ली, भारतीय संस्था सीडब्लूसी र शान्ति पुन:स्थापना गृहले पूजालाई उद्धार गरेपछि रहस्य खुलेको थियो । उद्धार गरिएकी नाबालिकालाई सोधपुछ गर्दा दिदीले लगेर बिक्री गरेको बताएपछि इप्रका कृष्णनगरको टोलीले आरोपी महिलालाई पक्राउ गरेको हो । ती महिलाले बहिनीलाई ३० हजार भारुमा बिक्री गरेको बयानमा स्वीकार गरेको इप्रका कृष्णनगरका निरीक्षक नमराज भटराईले बताए । बहिनीलाई बेचेको ४ महिनापछि उनले छोरीलाई पनि त्यही कोठीमा बिक्री गरेको स्विकारेको

निरीक्षक भटराईले बताए । बिक्री गरेकी छोरी भने कहाँ छिन् उनलाई जानकारी छैन । हिरासतमा रहेकी उनलाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको छ ।

Published on: 22 June 2015 | Kantipur
 

Back to list

;