s

बाध्यतावश विदेसिने अवस्था अन्त्य गर्नुपर्छ : श्रममन्त्री भण्डारी

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले राज्यले श्रमिकको श्रमको उचित कदर गर्न नसकेको बताएका छन् । श्रमिकहरूको उचित सम्मान हुन नसकेको उनको भनाइ छ ।

बाध्यतावश विदेसिने अवस्था अन्त्य गर्नुपर्छ : श्रममन्त्री भण्डारी
बिहीबार काठमाडौंमा आयोजित ‘इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट’ सम्मेलनको अन्तिम सत्र ‘श्रममन्त्रीको श्रम कति ?’ मा विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

श्रमिकहरूकै हकहिता संरक्षणका लागि सरकारले 'राष्ट्रिय आप्रवासन नीति' तर्जुमा गर्न समिति गठन गरेको पनि उनले बताए । वैदेशिक रोजगार नागरिकको अधिकार नै भएकाले रहरले विदेश काम गर्न जानेलाई रोक्न नसकिने तर, बाध्यतावश विदेशिनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । ‘मुलुकमै राम्रो काम पाउँदा पाउँदै पनि श्रमिक किन बाहिर गइरहेका छन्, त्यसबारेमा विचार गर्नुपर्नेछ,’ उनले भने ।

Published on: 9 February 2024 | Kantipur

Link

Back to list

;