s

व्यावसायिक खेतीका लागि २९१ र्फम छानिए

व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा अनुदानका लागि परेका हजार सय ४७ आशयपत्रमध्येबाट २ सय ९१ छानिएका छन् । प्रतिस्प्रर्धात्मक प्रणालीबाट छानिएका प्रस्तावलाई प्याक्टले कम्तीमा ३० लाखदेखी बढीमा ५० लाखसम्म पूरक अनुदान दिनेछ । 

कृषि उपजको मूल्य शृंखलामा आबद्ध २ सय ९१ वटा र्फमलाई वितरण गरिने कुल अनुदान कम्तीमा ९० करोड हाराहारी हुनेछ भने किसानहरूले १ अर्ब हाराहारी आफ्नो पुँजी लगानी गर्नुपर्नेछ । प्याकटको पूरक अनुदान र साना किसानहरू पुँजीलाई जोड्दा २ अर्ब हाराहारी लगानी कृषिमा हुनेछ । 

कृषि विकास मन्त्रालयकै सबैभन्दा ठूलो आयोजना मानिएको प्याक्टमा पूरक अनुदानका लागि आशयपत्र बुझाउने कृषक समूह, सहकारी र उद्यमी तराईका १५ र पहाडका १० गरी २५ जिल्लाका हुन् । प्याक्टले गत वर्ष आशयपत्र बुझाउन २५ जिल्लामा आह्वान गरेको थियो । यसअघि दुईपटक फ्याक्टले आशयपत्रका लागि आह्वान गरी अनुदान वितरण थालेको थियो । यस परियोजनामा विश्व बैंकको सहयोग छ ।

पहिलो पटक परेका ३ सय ८८ आशयपत्र मध्येबाट ५२ वटा र्फमलाई छनोट गरी प्याक्टले १२ करोड लगानी गरेको थियो भने अनुदानग्राहीले १४ करोड ४३ लाख लगानी गरेका थिए । पहिलो चरणमा कुल २७ करोड लगानी भएको थियो । त्यसैगरी दोस्रो पटक आशयपत्रका लागि आह्वान गरिँदा तिनै २५ जिल्लाका १ हजार ५ सय र्फमले आशयपत्र बुझाएका थिए । यीमध्येबाट छानिएका २ सय ४ आयोजना सञ्चालनमा छन् । ९७ करोड लागतका आयोजनामा फ्याक्टले ५३ करोड पूरक अनुदान उपलब्ध गराउने सम्झौता गरेको छ भने किसानहरूले ५४ करोड लगानी गर्नेछन् ।

अहिलेको अर्थात तेस्रो पटकको अनुदानका लागि छनिएका र्फममध्ये अधिकांश तरकारी उत्पादनका लागि प्रस्ताव बुझाउने र्फम छन् । यिनको संख्या ५५ छ । यसपछि ४१ वटा दुग्ध उत्पादन गर्ने र्फम, ३० वटा पोल्ट्री समूह, २३ वटा दुग्ध र दुग्ध उत्पादक र्फम, २२ वटा कफी र्फम, २० वटा खाद्य बालीका बीउ उत्पादक समूह, १२ वटा पुष्प व्यवसायीलगायत छन् । 

त्यसैगरी बाख्रा, बंगुर, राँगाको मासु उत्पादन गर्ने समूह छन् । प्याकका आयोजना निर्देशक योगेन्द्रकुमार कार्कीले पूरक अनुदानका लागि छानिएका २ सय ९१ वटा र्फम/समूहसँग आगामी कात्तिकसम्म सम्झौता गरी अनुदान वितरण भइसक्ने बताए आर्थिक वर्ष २०६६ कात्तिकदेखि सुरु हुँदा प्याक्ट २५ जिल्लामा लागू भएको थियो । तर अहिले ७५ वटै जिल्लामा लागू भएको छ ।

Published on: 11 May 2014 | Kantipur

 

Back to list

;