s

बालश्रमिक प्रयोग कायमै

 दुई वटा मोटरसाइकल ग्यारेज र दुई वटा होटल र एकवटा मिटसपमा गरिएको अनुगमनमा सबै ठाउँमा बालश्रमिक भेटिएको श्रम कार्यालय हेटौंडाका प्रमुख श्यामकुमार श्रेष्ठले बताए । टोलीले हेटौंडा–४, शीतलमहल चोकस्थित टेष्टी मम होटल, दाजुुभाइ फाष्टफुट र डिलाइट मिट सपमा अनुगमन गरेको हो । हेटौंडा–४ स्थित सुभास मोटरसाइकल वर्कसप र सेभेन ८ सिक्स मोटरसाइकल वर्कसपमा पनि अनुगमन गरिएको थियो ।
 
बालकल्याण समाज मकवानपुरको बालश्रम न्यूनीकरण (होप) परियोजनाको समन्वयमा अनुगमन गरिएको हो । अनुगमनमा सिविन हेल्पलाइनका झबीन्द्र ज्ञवाली, जिल्ला प्रशासन कार्यालयका नासु मदनकुमार श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका प्रवन्धक भीमप्रसाद तिमल्सिना, प्रहरी निरीक्षक हरि ओझा, बालकल्याण समाजका प्रकाश खतिवडालगायत सहभागी थिए ।बालश्रम निषेध र नियमन गर्ने ऐन, २०५६ अनुसार १४ वर्षमुनिका बालबालिकालाई बालश्रमिकका रुपमा प्रयोग गर्न पाइँदैन । १४ वर्षभन्दा माथिकालाई दोहोरो सम्झौता गरेर श्रम ऐनअनुसार पारिश्रमिक र पढाइ निरन्तरताको ग्यारेन्टी गरेरमात्र काममा लगाउन पाइन्छ । बाल कल्याण समाजले हालसम्म ४५ जना बालश्रमिकको उद्धार गरी परिवारमा पुनस्र्थापना गरेको जनाइएको छ ।
 
Published on: 22 February 2016 | Annapurna Post
 

Back to list

;