s

बालश्रम मुक्त स्थानीय तह घोषणा गर्न १०४ तहले पाए अनुदान

२९ साउन, काठमाडौं । सरकारले बालश्रम मुक्त स्थानीय तह घोषणा गर्न १०४ वटा स्थानीय तहलाई अनुदान वितरण गरेको छ ।

चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस्तो कार्यक्रमका लागि बजेट राखेको थियो ।

कार्यक्रम कार्यान्वयन भने स्थानीय सरकारमार्फत हुँदैछ । मन्त्रालयका अनुसार यो अभियान अन्तर्गत १ सय वटा स्थानीय तहलाई बालश्रम मुक्त तह घोषणा गर्ने लक्ष्य रहेको छ ।

यो प्रयोजनका लागि चालु आवमा २ करोड ९९ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । मन्त्रालयले प्रतिस्थानीय तह ३ लाख रुपैयाँका दरले अनुदान दिएको बताएको छ । चालु आवमा थप स्थानीय तहले यो अभियान चलाउन चाहेमा समेत सरकारले अनुदानको व्यवस्था गर्ने भएको छ । यसका लागि ६० दिन भित्र प्रस्ताव पेश गर्न सक्ने समेत मन्त्रालयको भनाइ छ ।

कोशी प्रदेशदेखि सुदूरपश्चिमसम्मका १०४ स्थानीय तहले भने यस वर्ष बजेट पाएका छन् ।

Published on: 15 August 2023 | Onlinekhabar

Link

Back to list

;