s

अवैध रुपमा रोजगारीका लागि विदेश पठाउने कन्सल्टेन्सीका सञ्चालक पक्राउ

रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठगी गर्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन् । काठमाडौंको पुतलिसडकमा रहेको क्याची एजुकेसन एण्ड ट्रेनिङ कन्सलटेन्सीका सञ्चालक पुरुषोत्तम खड्कालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । उनले अवैधानिक रुपमा युवालाई रोजगारीका लागि विदेश पठाउने गरेको खुलेको छ । 
 
खड्काले अजरवैजान, पोल्याण्ड, साउथ अफ्रिका, स्टोनिया, माल्टा लगायतका देशमा पठाइदिने भन्दै ७ देखि १२ लाख रुपैयाँसम्म लिएर अलपत्र पार्ने गरेको महाशाखाले जनाएको छ । 
 
उनको साथबाट २५ वटा पासपोर्ट, सरकारी कार्यालयहरुको छाप, भिसाको प्रतिलिपिसँगै कार्यालय सञ्चालनका लागि चाहिने ल्यापटप लगायतका सामग्री प्रहरीले बरामद गरेको छ । थप अनुसन्धानका लागि खड्कालाई वैदेशिक रोजगार विभाग पठाइएको छ।
 
Published on: 5 March 2018 | Ujyaaloonline

Back to list

;