s

अवैध कामदारलाई कुवेत सरकारद्वारा आममाफी

गैरकानुनी (अवैध) रुपमा कुवेतमा बसेका कामदारहरुलाई कुवेत सरकारले आममाफी दिने भएको छ । निश्चित समयका लागि यहाँको सरकारले कामदारहरुलाई आम माफी दिने निर्णय गरेको हो ।कुवेती आवासीय भिसा समाप्त भएको वा एउटा रोजगारदाताबाट भागेर अर्काे रोजगारदातासँग काम गरेका कारण भगुवा मुद्दा लागेर गैरकानुनी भएकाहरुलाई कुवेत सरकारले आममाफी दिने निर्णय गरेको हो ।
 
यस्ता कामदारहरुका लागि यही माघ १५ गतेबाट फागुन १० गतेसम्म जरिवाना नतिरी स्वदेश र्फकन वा जरिवाना तिरी बैध हुने अवसर कुवेत सरकारले दिएको छ ।
 
कुवेत सरकारले आममाफीको निर्णय गरेपछि नेपाली राजदूतावास कुवेतले गैरकानुनी भएर बसेका नेपाली कामदारहरुलाई तोकिएको अवधिभित्रै सहजिकरणका लागि दूतावासमा सम्पर्क गर्न सूचित गरेको छ ।
 
स्वदेश र्फकन चाहनेहरुका लागि यात्रा अनुमतिपत्र तथा अन्य परामर्श प्रदान गरिने भएकोले विहान १० बजेदेखि तीन बजेसम्म कार्यालयमा सम्पर्क गर्न भनेको छ ।शुक्रबार र शनिबार समेत सोही अवधिभर कार्यालय खुला रहेका दूतावासले जनाएको छ ।
 
साथै, उक्त आममाफी अवधिमा स्वदेश नर्फकने र कुवेत बस्नका लागि बैध नहुने व्यक्ति कुवेती प्रहरीद्वारा पक्राउ परेमा डिपोर्ट (निर्वासित) हुने र त्यस्ता व्क्तिहरुगल्फ कर्पाेरेशन काउन्सिल (जीसीसी)का देशहरु (बहराइन, कुवेत, ओमन, कतार, साउदी अरेविया, यूएई) मा पुनः आउन नसक्ने दूतावासले स्पष्ट पारेको छ ।

 

Published on: 1 February 2018 | Onlinekhabar

Back to list

;