s

अस्ट्रेलियामा नेपाली विद्यार्थीले फेरि गरे आत्महत्या

हेमन्त काफ्ले

नेपालबाट उच्च अध्ययन गर्न ब्रिसबेन आएको तीन महिनामै काठमाडौंका एक विद्यार्थीले आफू बस्ने घर बाहिर झुन्डिएर आत्महत्या गरेका छन्।उच्च अध्ययनका नाममा नेपाली विद्यार्थीको ओइरो लागेको अस्ट्रेलियामा यो घटनासहित यस वर्ष कूल चार नेपाली विद्यार्थीले आत्महत्या गरिसकेका छन। काठमाडौंका अमन स्थापित नाम गरेका यी विद्यार्थी होटल म्यानेजमेन्ट पढ्न जेम्स कुक युनिभर्सिटीमा आएका थिए। उनी मास्टर्स डिग्रीमा अध्ययनरत रहेका थिए।

उनको पार्थिव शरीर अर्को हप्ता नेपाल पठाउन एनआरएन क्वीन्सल्यान्डले पहल गरिरहेको महासचिव नारायण कोइरालाले जानकारी दिए। प्रहरीले बताए अनुसार मृतक स्थापितले लामो सुसाइड नोट समेत लेखेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। उनको डेथ सर्टिफिकेट नआएसम्म पार्थिव शरीरलाई नेपाल पठाउन नसकिने भएकोले प्रक्रियामा केही दिन लाग्ने र आवश्यक खर्चका लागि एनआरएन क्वीन्सल्यान्डले सहयोग जुटाउन समेत पहल सुरू गरेको एनआरएन अस्ट्रेलियाका महासचिव नारायण कोइरालाले बताए।
 
हाल करिब तीस हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा विभिन्न तहमा अध्ययनरत रहेको तथ्यांकले देखाएको छ। जुन संख्या अस्ट्रेलियाको शिक्षा उद्योगको तेस्रो ठूलो संख्याका रूपमा रहेको छ। निकै ठूलो संख्यामा रहेको नेपाली विद्यार्थीमध्ये कतिपय यहाँको परिस्थिति र अवस्था नबुझिकन आउँंदा हतोत्साहित भएर गलत निर्णय गर्ने गरेको पछिल्ला घटनाक्रमले देखाएको छ ।
 
Published on: 19 July 2018 | Setopati

Back to list

;