s

अस्ट्रेलियामा रहेकाका विद्यार्थीको अवस्था बुझ्न निर्देशन

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्ट्रेलियमा अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न निर्देशन दिएका छन् । अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि मन्त्री पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिएका हुन् । 

उनले अस्ट्रेलियामा रहेका विद्यार्थीका बारेमा परराष्ट्र मन्त्रालय र नेपाली दूतावाससँग समन्वय गरी विद्यार्थीको यथार्थ जानकारी लिन शिक्षासचिव दाहाललाई निर्देशन दिएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए। अहिले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको सङ्ख्या ५८ हजार छ । कोरोना भाइरसका कारण त्यहाँको सरकारले विदेशी विद्यार्थीलाई फिर्ता हुन आग्रह गरेको छ ।

Published on: 4 April 2020 | Annapurna Post

Link

Back to list

;