s

अष्ट्रेलियामा ट्रक र मोटरसाइकल ठोक्किदा नेपाली युवकको मृत्यु

अष्ट्रेलियामा सवारी दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बुधबार राति साढे १२ बजे लेभर्टनमा ट्रकसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार अन्दाजी ४० वर्षका बिक्रम डंगोलको मृत्यु भएको हो ।
 
दुर्घटनामा मृत्यु भएका व्यक्ति नेपाली युवक भएको एनआरएनए अष्ट्रेलियाका राष्ट्रिय समिति सदस्य निराजन गौलीले पुष्टि गरेका छन् । दुर्घटनामा मोटरसाइकलमै सवार अर्का व्यक्ति घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
 
Published on: 26 July 2018 | Onlinekhabar

Back to list

;