s

अस्ट्रेलिया र दुबई लान्छु भनी लाखौं ठगी गर्ने २ पक्राउ

२६ फागुन, काठमाडौैं । ‘अस्ट्रेलिया र दुबई लाने’ नाममा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाका २४ वर्षीय राजेश शाह र कपनका ललित तामाङ छन् ।शाहलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र तामाङलाई काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार, शाहले सप्तरी र धनुषाका ३२ जना युवालाई दुबई लैजान्छु भनेर ठगी गरेका थिए । उनले प्रतिव्यक्ति एक लाख ८० हजार रुपैयाँ उठाएको बोगटीको भनाइ छ ।

तामाङले अस्ट्रेलिया पठाउँछु भनेर प्रतिव्यक्ति ४० लाख रुपैयाँ उठाएको बोगटीको भनाइ छ । तामाङबाट पीडित ४ जना प्रहरीसम्म पुगेका छन् । अन्य पीडितको पनि खोजी भइरहेको उनले बताए ।

दुवै जनामाथि मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढ्नेछ ।

Published on: 9 March 2020 | Onlinekhabar

Link

Back to list

;