s

अन्तर्राष्ट्रिय श्रम बजारमा बेरोजगारी अझै बढ्छ: आइएलओ

काठमाडौँ — अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले अन्तराष्ट्रिय श्रम बजारमा बेरोजगार हुनेको संख्या अझै बढ्न सक्ने जनाएको छ । बुधबार सार्वजनिक ‘२०२४ को विश्व रोजगार र सामाजिक दृष्टिकोण’ सम्बन्धी प्रतिवेदनले बढ्दो सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तराष्ट्रिय श्रम बजारमा बेरोजगार हुनेको सख्या बढ्ने देखाएको हो ।

आइएलओले कोरोनापछि आर्थिक अवस्था कमजोर भएपनि श्रम बजारमा आर्श्चयजनक रुपमा लचिलो भएको र बहुपक्षीय संकटहरु देखा पर्दा सामाजिक न्याय नपाउने सम्भावनामा बढी नै खतरा हुँदै गएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२२ को तुलनामा २०२३ मा रोजगारदर बढेको थियो । २०२३ मा बेरोजगारदर ५.१ प्रतिशत थियो । यो सख्या बढेर २०२४ मा बेरोजगारदर ५.२ प्रतिशत बढ्ने अनुमान गरिएको छ । यो बर्ष २० लाख नया श्रमिकहर रोजगारी खोज्न विश्व श्रम बजारमा आउनेछन् ।

आइएलओले अधिकास २० धनी राष्ट्रहरुमा खर्च योग्य आयमा गिराउट आउने जनाएको छ । ‘उच्च र निम्न आय भएको देशबीच रोजगार पाउने अवस्थामा निकै अन्तर छ । २०२३ मा उच्च आय भएको देशमा रोजगारीको दर ८.२ प्रतिशत थियो भने निम्न आय भएको देशमा २०.५ प्रतिशत थियो’, प्रतिवेदनमा भनिएको छ,‘२०२३ मा उच्च आय भएको देशमा ४.५ प्रतिशत वेरोजगारदर थियो भने निम्न आय भएको देशमा वेरोजगारदर ५.७ प्रतिशत थियो ।’

आइएलओले काम गर्ने गरिब श्रमिकहरु बढ्ने जनाएको छ । २०२३ मा दैनिक २.१५ डलर भन्दा कम कमाउने कामदारको सख्या बढेर १० लाख पुगेको थियो भने प्रतिदिन ३.६५ डलर भन्दा कम कमाउने श्रमिकहरुको सख्या ८४ लाख पुगेको थियो ।

‘आयको असमानता पनि निरन्तर बढिरहेको छ । खर्चयोग्य आम्दानी घट्नुको साथै दिगो आर्थिक पुनर्स्थापना हुने अवस्था कमजोर देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

Published on: 11 January 2024 | Kantipur

Link

Back to list

;