s

अनिस खालिङ प्रतिष्ठानबाट वैदेशिक राेजगार पीडितलाई सहयोग

अनिस प्रतिष्ठान संस्थाले वैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका नेपालीलाई परेको समस्यामा विभिन्न आर्थिक तथा मानवीय सहयोग गर्दै आएको जनाएको छ । 
 
युएईमा मृत्युदण्डको सजाय सुनाइएका संखुवासभाका अनिस खालिङ राईको जीवन रक्षार्थ अभियान चलाएको प्रतिष्ठानले मृत्युदण्डबाट बचेर आएका अनिस राईको पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ रकम सहयोग गरेको थियो । 
 
संस्थाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएकाे जानकारीअनुसार सोलुखुम्बुका बोनम्यारोबाट पीडित रुद्र कुलुङलाई उपचारार्थ एक लाख र मलेसियामा कार्यरत रहँदा ब्लड क्यान्सर भएर नेपाल फर्किएका संखुवासभाका रमेशप्रसाद तिमिल्सिनाको उपचारका लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको सो संस्थाका अध्यक्ष रामरतन राईले जानकारी दिनुभयो । 
 
उहाँका अनुसार साउदी अरबमा कार्यरत रहेकै अवस्थामा मृत्यु भएका दार्चुलाका पुरनसिंह धामीको शव नेपाल ल्याउन धामी परिवारलाई १५ हजार रुपैयाँ सहयोग गरेको थियो । 
 
संस्थाका महासचिव प्रकाश खालिङले साउदी अरबमा मृत्युदण्ड सुनाइएका नवलपरासीका थानेश्वर भुषाल, सल्यानका बलबहादुर बस्नेत, मलेसियाका मृत्युदण्डको सजाय सुनाइएका हरिबहादुर घले लगायतलाई आर्थिक तथा कूटनीतिक सहयोगका लागि पहल गरिरहेको पनि जानकारी दिनुभयो ।
 
Published on: 31 January 2018 | Ujyaalo online

Back to list

;