s

अमेरिकी दूतावासद्वारा भिसाको कागजी प्रक्रिया खुकुलो

काठमाडौं । अमेरिकाले नेपाली पर्यटक तथा विद्यार्थीलाई भिसाको कागजी प्रक्रिया खुकुलो पारेको छ । नेपालस्थित अमेरिकी दूतावासले मङ्गलबार जारी गरेको विज्ञप्तिमा पर्यटक र विद्यार्थी भिसाका लागि मौज्दात विवरण, जग्गा सम्बन्धी कागजात, निमन्त्रणा पत्र वा त्यस्तै कागजपत्र ल्याउनु नपर्ने जनाएको हो ।
 
दूतावासको विज्ञप्तिमा भनिएको छ ,“जेष्ठ १९ गते देखि लागु हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदकले राहदानी, पुराना राहदानी, DS-160 कन्फर्मेशन पेज,आवेदन शुल्क भुक्तानी पेज, आवेदन शूल्क भुक्तानी रसिद,फोटो, I-20, ट्रान्सक्रिप्ट मात्र ल्याए पुग्नेछ । ”
 
शैक्षिक प्रमाणपत्रहरु दूतावास आफैंले प्रमाणित गर्ने जनाएको छ । कन्सल्टेन्सीहरुले आवेदकहरुबाट अन्तर्वार्ताका लागि कागजपत्र तयार पार्दा नगद रकम लिने गरेको गुनासो बढेकोले नियम परिवर्तन गरेको ज्ञिप्तिमा उल्लेख गरिएको छ ।
 
Published on: 18 May 2016 | Nagarik

Back to list

;