s

अमेरिकामा नेपाली युवतीलाई १० वर्ष जेल

नवजात शिशु हत्याको अभियोगमा अमेरिकामा एक नेपाली महिलालाई दस वर्ष जेल सजाय तोकिएको छ । न्युयोर्कको क्विसमा बस्दै आएकी २३ वषर्ीया दाबा लामालाई क्विस सुपि्रम कोर्टका न्यायाधीश लेनोरा जेराल्डले उक्त सजायको फैसला गरेका हुन् ।

झन्डै ११ महिनाअघि स्थानीय अलमोस्ट हस्पिटलको इमरजेन्सी वार्डको शौचालयमा छोरी जन्माएर फोहर थुपार्ने कन्टेनरमा फालेर लामा घर र्फकेकी थिइन् । त्यसको दुई घन्टापछि आफ्नो अपार्टमेन्टमा सुतिरहेको अवस्थामा उनलाई प्रहरीले पक्रेको थियो । हस्पिटलको सुरक्षाकर्मीले शौचालयमा रगतका दागहरू देखेपछि खोजी गर्दा बच्चा जीवितै फेला परेको थियो । उपचार क्रममा भोलिपल्ट बच्चाको मृत्यु भएको थियो । नवजात शिशुको हत्याको अभियोगमा लामामाथि मुद्दा दायर भएको थियो । अदालतको सोमबारको निर्णयअनुसार लामाले १० वर्ष जेल सजाय भोग्नुपर्ने छ । सजायपछि उनलाई नेपाल सुपुदर्गी गरिनेछ । चार वर्षअघि आफ्नी आमासँग अमेरिका आएकी लामा ब्युटिसियन हुन् ।

Published on: 30 March 2012 | Kantipur 

Back to list

;