s

अमेरिकामा नेपाली कामदारको हत्या

अमेरिकाका पेट्रोल पम्पमा काम गर्ने एक नेपाली कामदारको हत्या भएको छ। न्युजर्सी राज्यस्थित पेट्रोल पम्पमा काम गर्ने ४६ वर्षे नेपाली बालकृष्ण कार्कीको आइतबार राति हत्या भएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रहरीले स्थानीय समयअनुसार आइतबार राति करिब तीन बजे कार्कीको शव पेट्रोल पम्पको भवन पछि भेटेको जनाएको छ। लुटपाटको घटना निकै हुने त्यस क्षेत्रको २४ सै घण्टा खुल्ने सो पम्पका पेट्रोल हाल्ने काम गर्दै आएका थिए। पाँच महिनादेखि सो पेट्रोल पम्पमा काम गर्दै आएका कार्कीको श्रीमति र दुई सन्तान भएको बताइएको छ। उनीहरु नेपालमै भएको बताइएको छ। प्रहरीलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएअनुसार अनुसन्धान भैरहेको तर हत्यारा भने पत्ता लागेको छैन। लुटपाटको घटना निकै हुने त्यस क्षेत्रको एक पेट्रोल पम्पमा सन् २००८ मा पनि छ सन्तानका पिता रहेका एक बंगालदेशीको गोली हानी हत्या भएको थियो। हत्यामा संलग्न दुई जनालाई १५ वर्षको जेल सजाय भएको थियो।

Published on: 15 February 2013 | Nagarik

Back to list

;