s

अमेरिकामा ५९ हजार ५ सय नेपाली

सन् २०१० मा अमेरिकामा भएको जनगणनाले नेपालीको संख्या ५९ हजार ४ सय ९० देखाएको छ । अमेरिकाको जनसंख्या विभागले हालै उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

तथ्यांकअनुसार गत डिसेम्बरसम्म अमेरिकामा पुनःस्थापित भुटानी शरणार्थीको संख्या ४९ हजार १२ पुगेको छ । त्यहाँ नेपालीभाषी एक लाख ८ हजार ५ सय २ भएका छन् । 

अमेरिकामा सन् २०१० अपि्रलमा जनगणना भएको थियो । जनगणनाअनुसार अमेरिकाको जनसंख्या ३० करोड ८७ लाख ४५ हजार ५ सय ३८ छ । जनसंख्याका आधारमा अमेरिका विश्वको तेस्रो मुलुक हो । अमेरिकाभन्दा चीन र भारतमा धेरै जनसंख्या छन् । आकारमा नेपालभन्दा अमेरिका ६७ गुणा ठूलो छ भने जनसंख्या साढे दस गुणा मात्र । अमेरिकामा हरेक दस वर्षमा जनगणना हुन्छ । सन् २००० मा भएको जनगणनाअनुसार त्यहाँको जनसंख्या २८ करोड १४ लाख २१ हजार ९ सय ६ थियो । त्यसपछि ९ दशमलव ७ प्रतिशत बढेर ३० करोड ८७ लाख ४५ हजार ५ सय ३८ पुगेको हो ।

एसियाबाट आएका १ करोड ७९ लाख ४१ हजार २ सय ८६ मध्ये सबभन्दा बढी चिनियाँ छन् । दोस्रोमा फिलिपिनी मूलका छन् । भारतीय तेस्रो स्थानमा छन् ।

Published on: 5 January 2012 | Kantipur

Back to list

;