s

अमेरिकाको जर्सी सिटी शहर काउन्सिलद्वारा नेपालीका लागि ‘टिपिएस रिजोलुसन’

अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर काउन्सिलद्वारा अमेरिकामा रहेका नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्टाटस टिपिएस रिजोलुसन  प्रस्ताव गरेको छ ।
 
नेपालमा सन् २०१५ को अप्रिल २५ मा गएको महाभूकम्पपछि अमेरिकामा रहेका १४ हजार ७९१ नेपालीले काम गर्ने अनुमति (वर्क पर्मिट) पाएका छन् । प्रस्ताव पारित गराउन जर्सी सिटी मेयरका सल्लाहकार डा. विष्णुमाया परियार र जर्सी सिटी नेपाली समाजले पहल गरेका थिए ।
 
जर्सी सिटी शहर काउन्सिल २७ मे २०१५ मा नेपालीका लागि टीपीएस प्रस्ताव पारित गर्ने अमेरिकाको पहिलो र एक मात्र शहर बनेको थियो । होमल्याण्ड सेक्यूरिटीबाट जुन २४ , २०१५ मा अमेरिकामा रहेका नेपालीलाई टीपीएस स्टाटस सुविधा प्रदान गरेको थियो ।
 
होमल्याण्ड सेक्यूरिटीले अक्टोबर २६, २०१६ मा नवीकरण गरेको जुन आगामी जुन २४ तारिख सकिँदैछ । महाभूकम्पबाट ८ हजारभन्दा बढी नेपालीको ज्यान गुमेको थियो । महाभूकम्पपछि पुनर्निर्माणमा १० बिलियन डलर लाग्ने अनुमान गरिएको छ ।
 
जर्सी सिटीले फेब्रुअरी ९ तारिख २०१७ मा स्याङ्चुरी सिटीको रुपमा घोषणा गरेको थियो । जर्सी सिटीलगायत अमेरिकाका २३ वटा शहरहरुले स्याङ्चुरी शहर घोषणा गरेर वैधानिक कागजपत्रविहीन आप्रवासीहरुलाई संरक्षण र बसोवास दिने प्रतिबद्धता जनाएका हुन्।
 
Published: 16 February 2018 | Onlinekhabar

Back to list

;