s

अमेरिका पठाउने भन्दै डेढ करोड ठगी, १ जना पक्राउ

२५ वैशाख, काठमाडौं । अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएका ४१ वर्षीय तेजराम चौधरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको हो ।

अमेरिका पठाउने भन्दै चार जनाबाट उनले सुरुमा १ करोड १८ लाख रुपैयाँ लगेका थिए । पहिले ब्राजिलमा गएर काम गर्ने र त्यहाँबाट अमेरिका जाने भन्दै नक्कली कामदार भिसा बनाएर उनीहरूलाई पठाइएकोमा फिलिपिन्स पुगेपछि त्यहाँको अध्यागमनले फिर्ता गरिदिएको थियो ।

पीडित चार युवा नेपाल फर्किएपछि फेरि उनीहरूलाई अमेरिका पठाउने भन्दै दिल्ली पुर्‍याइ २ महिनासम्म राखिएको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

दिल्लीमा बन्धक बनाएर राखेपछि त्यहाँबाट उम्कनसमेत ३९ लाख रुपैयाँ बुझाउनु परेको पीडितहरूको भनाइ छ । अमेरिका जान र बन्धक बनाएपछि छुट्नसमेत गरेर उनीहरूले डेढ करोड रुपैयाँभन्दा बढी बुझाएको एसपी रेग्मीले बताए ।

Published on: 8 May 2024 | Onlinekhabar

Link

Back to list

;