s

अमेरिका पठाइदिने बहानामा लाखौं रकम ठगी गर्ने पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने बहानामा लाखौं रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका-६ घर भइ हाल ललितपुरको गोदावरी १० बस्ने ३० वर्षीय अभिषेक श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक रेविन्द्र रेग्मीले पीडितबाट ८ लाख रकम लिइ फरार रहेका श्रेष्ठ लगनखेलबाट पक्राउ गरेको जानकारी दिए।

श्रेष्ठले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै प्रतिव्यक्ति ३५ लाख रुपैयाँ लाग्ने र अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने झुठो आश्वासन दिएर रकम असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाइएको छ।

Published on: 11 December 2023 | Annapurna Post

Link

Back to list

;