s

अमेरिका लैजाने भनेर केन्या पुर्‍याउने समूहका योजनाकार पक्राउ

३० वैशाख, काठमाडौं । अमेरिका लैजाने भन्दै केन्यामा पुर्‍याएर बन्धक बनाएको आरोपमा थप तीन जना पक्राउ परेका छन् ।

मुख्य योजनाकार भनिएका जगतबहादुर तामाङ सहितका तीन जना भारतमा पक्राउ परेका हुन् । उनीहरूलाई नेपाल ल्याउन लागिएको अपराध अनुसन्धान कार्यालय, स्रोतले जनाएको छ ।

जगतबहादुर तामाङको समूहले अमेरिका लैजाने भनेर केन्या पुर्‍याएका थिए । ६ देखि ९ महिनासम्म बन्धक बनाएपछि नेपाल फर्किएका पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले टाशी शेर्पासहित ३ जनालाई केही दिनअघि मात्र पक्राउ गरेको थियो ।

Published on: 13 May 2024 | Onlinekhabar

Link

Back to list

;