s

अमेरिका लैजाने भन्दै चार करोड ठगी

अमेरिका उडाइदिन्छु भन्दै दुईसय जनासँग ४ करोड रुपैयाँ उठाएर ३ जना दलाल फरार भएका छन् । नुवाकोट तलाकु गाविसका हस्तबहादुर गुरुङ, काठमाण्डौं महाराजगञ्जका बिमलसिंह ठकुरी र शिबराम श्रेष्ठले रकम र्लिर फरार भएको बैदेशीक रोजगार विभागमा उजुरी परेको छ । उनीहरुले झण्डै दुईसय जनालाई प्रतिव्यक्ति १० लाख सम्म उठाएर फरार रहेको पिडितहरुले बताएका छन् । ‘यो समूहबाट ठूलो ठगी भएको भन्दै उजुरी हाल्न आउने पिडितहरुको संख्या बढी रहेको कानुन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभएको खबर कान्तिपुर दैनिकले छापेको छ ।

डेढ बर्ष अघिदेखिनै पैसा उठाएका दलालहरु तीन महिनादेखि सम्पर्क विहीन भएका छन् । ‘विश्वास गर्नु ठूलो भूल भयो, नजिकका चिनेजानेका मान्छे थिए,’नाम नभन्ने सर्तमा एक पिडितले भने -’उडाइन भने पैसा सवै फिर्ता गर्छु भन्थे तर अहिले सवै फरार रहेका छन् ।’ ठगिनेहरुमा सवै २० देखि ३० बर्षको उमेर समूहका अध्ययनरत विद्यार्थी रहेका छन् । ‘हामीले परिवारमा पनि भनेका थिएनौ, अव के गर्नेहोला, ठूलो सपना थियो चकनाचुर भयो,’ उनले भने ।
 
आफ्नी छोरीलाई अमेरिका पठाउन डेढ लाख तिरेकी रामेछापकी आशा गिरी पनि निक्कै तनावमा रहेकी छन् । कलंकीमा पसल गर्ने उनले छोरीको सपना पुरा गर्न आफ्नो कमाई लगानी गरेको भएपनि अहिले त्यो कमाई खोल्लै खोला गए झै लागेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।
 
Published on: 9 July 2012 | Kantipur 

Back to list

;