s

अमेरिका जाने लोभमा २६ लाख डुब्यो

शम्भु कट्टेल

जीवनभर कमाएको रकम खर्चिएर अमेरिका हिँडेका व्यक्तिको प्रवेशाज्ञा (भिसा) बीच बाटोमा नक्कली ठहरियो भने कसको होस नउड्ला र? यस्तै भयो बागलुङका गोपालप्रसाद सापकोटालाई।
 
घरपरिवारसँग अमेरिका जान बिदा भएर हिँडेका सापकोटा हङकङ विमानस्थलबाटै फर्कनुपर्योर। हङकङ अध्यागमनले सापकोटाको राहदानीमा लागेको अमेरिकाको भिसा नक्कली भएको भन्दै उनलाई फर्काइदिएको हो। त्यहाँ फर्काइएपछि उनी अध्यागमन विभागको हिरासतमा छन्।
 
अमेरिका जान २६ लाख रुपैयाँ खर्चिएर लिएको भिसा नक्कली ठहरिएपछि उनी होसहवास उडेजस्तै भएका छन्।
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यामगन अधिकृतले उनको राहदानीमा सक्कली भिसा भन्दै पठाए पनि हङकङ विमानस्थलले भिसा नक्कली ठहर्याउएको हो।
 
विगत नौ दिनदेखि अध्यामगन विभागको हिरासतमा रहेका सापकोटा छुट्नका लागि कानुनी लडाइँ लडिरहेका छन्।
 
अध्यागमन विभागका निर्देशक टेकराज ज्ञवालीले सापकोटाको फाइल अध्ययनकै क्रममा रहेको बताए।
 
उनले भने, 'कानुन व्यवसायीले फाइल हेर्दैछन्। फाइलको अध्ययन सकिएपछि उचित निर्णय लिन्छौं।
 
त्रिभुवन विमानस्थल अध्यामगन कार्यालयका कर्मचारीले जुन १२ मा सापकोटाको भिसामा प्रस्थान अनुमति दिएका थिए।
 
विमानस्थल अध्यागमनमा भिसा नक्कली हो या सक्कली भनेर छुट्ट्याउने यन्त्रसमेत छ।
 
भिसा रिडेबल मेसिनले विमानस्थलमा सापकोटाको भिसा रिड नगरे पनि अध्यामगनका कर्मचारीले पठाएको स्रोतले बतायो।

घरपरिवारसँग अमेरिका जान बिदा भएर हिँडेका सापकोटा हङकङ विमानस्थलबाटै फर्कनुपर्योा। हङकङ अध्यागमनले सापकोटाको राहदानीमा लागेको अमेरिकाको भिसा नक्कली भएको भन्दै उनलाई फर्काइदिएको हो। त्यहाँ फर्काइएपछि उनी अध्यागमन विभागको हिरासतमा छन्।
विमानस्थल अध्यागमनका एक अधिकृतले भने, 'भिसा रिड नगरे पनि सापकोटालाई प्रस्थान अनुमति दिनु शंकास्पद देखिएको छ।
 
उनी फर्किएपछि पनि हामीले भिसा जाँच गर्दा मेसिनले रिड गरेन।'
 
सापकोटा फर्किएपछि भने अध्यागमनका अधिकृतले उनको भिसा नक्कली भएकै ठहर्याअए। उनले भारतीय सेनामा रहँदा कमाएको रकम अमेरिका जान खर्चिएका थिए।
 
नेपालबाट अमेरिका पठाउने व्यक्ति नपाएपछि भारतको नयाँदिल्ली पुगेका सापकोटाले २६ लाख खर्चिएर अमेरिकाको भिसा लगाएका थिए।
 
सापकोटाको नयाँदिल्लीमा भारत गोरखपुर घर भएका अनिल कुमारसँग भेट भयो। आपसी सहमतिपछि अनिल कुमारले भिसा पक्का गरे।
 
अमेरिकाको भिसाका लागि सापकोटाले अनिल कुमारलाई २६ लाख नेपाली रुपैयाँ बुझाए।
 
भिसा लाग्नुअघि केही रकम 'एडभान्स' दिएका सापकोटाले भिसा लागेपछि थप रकम बुझाएका थिए।
 
अनिल कुमारले सापकोटाको राहदानीमा गत वैशाख २९ गते ५ वर्षका लागि अमेरिकाको भिसा लगाइदिएका थिए। सापकोटाले परराष्ट्र मन्त्रालयबाट ०७७८०३१९ नम्बरको राहदानी लिएका थिए।


Published on: 23 June 2015 | Annapurna Post
 

Back to list

;