s

'अमेरिका हेर्दा सुख, भोग्दा दुःखै दुःख पो रहेछ दाइ!'

सोहन वली घरबाट हिँडेको ३० महिनापछि मात्रै अमेरिकाको शरणार्थी शिविरमा पुगे। पहिलोपटक सीमाबाटै प्रहरीले समातेर उनलाई जर्मनी डिपोर्ट गरेको थियो। त्यसपछि उनलाई फेरि अमेरिका छिराउन दलालहरूले अर्को उपाय खोजे — जर्मनीबाट अफ्रिकी देश गाम्बिया पुर्‍याउने र त्यहाँबाट स्पेन हुँदै पुनः मेक्सिको ट्रान्जिट पार्ने। यसबीच कोलम्बियाबाट पानामा पस्ने ठाउँ संसारकै खतरनाक मानिन्छ। अवैध बाटोबाट अमेरिका पस्ने नेपालीहरूले त्यसलाई मृत्युमार्ग नामकरण गरेका छन् — घना जंगलबीच एउटै नदी दसौंपटक तर्नुपर्ने हुन्छ। दूधे शिशु कोखिलामा च्यापेर आमाहरू सकी–नसकी हिलोमा पैताला घिसारिरहेका हुन्छन्। काखे शिशुका कारूणिक चित्कार र क्रन्दनले बाटै चहर्‍याइरहेको भान हुन्छ। वन–बुट्यानका जरामा खुट्टा अल्झिएर मुटु नै बाहिर आउलाजस्तो हुन्छ। कसैले त हिरिकहिरिक गर्दै त्यहीँ आफ्नो अन्तिम सास फेर्छन् — त्यो दुष्कर यात्रा पार गरेर अमेरिका पुगेका वली पछिल्लो डेढ वर्षदेखि त्यहाँ संघर्षपूर्ण जीवन बिताइरहेका छन्। उनी भन्छन्- अमेरिका हेर्दा सुख, भोग्दा दुःखै दुःख पो रहेछ दाइ! यो हाम्रो कथा शृंखलाको तेस्रो भाग हो। (विस्तृतमा पढ्न सबस्क्राइब गर्नुहोस्।)

Published on: 14 December 2023 | Setopati

Link

Back to list

;