s

अलपत्र ३०० श्रमिकको उद्धार

सहजपुर –बोगटान सडकमा अलपत्र  ३०० श्रमिकको उद्धार गरिएको छ।

सरकारले गरेको लकडाउनका कारण सो सडकमा काम गर्ने श्रमिकको डोटीबाट निर्वाचित सङ्घीय  सांसद प्रेमबहादुर आले मगरको पहलमा शुक्रबार आआफ्नो घर पठाइएको हो।

कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गएको मंगलबारदेखि देशैभरि लकडाउन गरेपछि खाद्यान्न तथा यातायात नपाउँदा अलपत्र उनीहरुलाई सांसद  मगरले गृह मन्त्रालयमा  पहल गरी उद्धार गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए।

अलपत्र परेका श्रमिक अहिले आफ्नो गृह जिल्लातर्फ लागेका छन्।

Published on: 28 March 2020 | Setopati

Link

Back to list

;