s

अलपत्र नेपालीको उद्दार

ओमानमा अलपत्र परेका ८ नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरी नेपाल फर्काएको छ। करार सम्झौताअनुसार सुविधा नपाएका कारण उनीहरू ओमानमा अलपत्र परेका थिए।
 
‘ओमानको सोहारस्थित मुवाराड वादी हिवी मोर्डन ट्रेड कम्पनीमा हनेस्टी ओभरसिज प्रालिबाट काम गर्न आएका नेपाली कामदारले करार सम्झौताबमोजिमको सुविधा नपाएका कारण अलपत्र अवस्थामा रहेको भन्ने उजुरीको आधारमा ८ जना नेपाली कामदारलाई सकुशल स्वदेश फिर्ता गरिएको छ,’ ओमानस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 
 
अलपत्र परेकालाई ओमानस्थित प्रवासी नेपाली मञ्चले खान बस्नसमेतको व्यवस्थापन गरी सहयोग गरेको दूतावासले जनाएको छ। उद्दार गरी स्वदेश फर्काइएका नेपालीमा द्वारिकाप्रसाद चौधरी, रामु गिरी, राजकुमार तामाङ, देवबहादुर विक, ज्ञानबहादुर थापा, विक्रम राई, राजेन्द्र गिरी र तेजेन्द्र राना छन्। 
 
Published on: 22 March 2018 | Nagarik

Back to list

;