s

अख्तियार टोली भेटघाटमा

नेपाली कामदारको समस्या र अवस्थाबारे बुझ्न बुधबार मलेसिया आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले विभिन्न निकाय, संघसंस्था र सरोकारवालासित अन्तक्र्रिया गरेको छ । 
अख्तियारका सहसचिव जीवनप्रकाश सिटौला नेतृत्वको टोलीमा तीन अनुसन्धान अधिकृत, वैदेशिक रोजगार विभागका महानिर्देशक केदार बोगटी र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघु काफ्ले छन् । टोलीले बुधबार गैरआवासीय नेपाली संघ र दूतावास पुगेका सेवाग्राहीसँग नेपाली दूतावासमा अन्तक्र्रिया गर्‍यो । 
 
संघका एक प्रतिनिधिका अनुसार अन्तक्र्रियामा मलेसियामा नेपाली कामदारले भोग्नु परेका समस्या र दूतावासको भूमिकाबारे टोलीलाई जानकारी गराइएको छ । कार्यक्रमका सहभागीहरूले नेपालीमाथि विभिन्न बहानामा ठगी भइरहेको बताउँदै अख्तियारले गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् । 
 
टोलीले बिहीबार पेनाङस्थित अवैतनिक वाणिज्यदूतको कार्यालय पुगेर त्यस क्षेत्रमा रहेको एक कम्पनी र त्यहाँ कार्यरत नेपालीको अवस्थाबारे जानकारी लिएको थियो । क्वालालम्पुर विमानस्थलको फिर्तीकेन्द्रमा रहेका नेपालीलाई भेटेर शुक्रबार अवस्थाबारे जानकारी लिएको छ । शुक्रबारै मलेसियाली मानव संसाधन मन्त्रालयका उच्च अधिकारीसित भेटेर नेपाली कामदारका समस्या अवगत गराएको छ । 
 
त्यस क्रममा श्रम सम्झौता, नि:शुल्क भिसा, नि:शुल्क टिकट, लेवी रकमबारे छलफल भएको दूतावासका द्वितीय सचिव उत्तमकुमार शाहीले जानकारी दिए । भेटमा नेपाली प्रतिनिधिमण्डलले कामदारको तलब १२ सय रिंगिट बनाउन र लेवी रोजगारदाताले नै तिर्ने वातावरण मिलाइदिन मलेसियाली पक्षसित आग्रह गरेको थियो । 
 
Published on: 17 January 2016 | Kantipur

Back to list

;