s

आकर्षक जागिर पाउने लोभमा पर्दा ३३ लाख रुपैयाँ गुम्यो

लामालेस्पेन र पोर्चुगलमा आकर्षक जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको भिमफेदी घर भइ हाल काठमाडौं बस्दै आएका ३१ वर्षीय आर्यन लामा छन् ।
 
उनले खोटाङ निर्मली डाँडा–१ का निरकाजी बस्नेतसहित ४ जनालाई ३३ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ । विदेश नपठाएपछि पीडितले रकम फिर्ता माग्दा दुई सहकारीको चेक दिए पनि खातामा मौज्दात रकम नभएको खुलेपछि पीडितले उजुरी दिएका थिए ।
 
अनुसन्धानका क्रममा उनले दोलखा घर भएका मोहन प्रधान र कारसाङ तामाङलाई समेत कतार एयरवेजमा काम लगाइदिने भनेर ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको भेटिएको छ ।थप अनुसन्धान भइरहेको छ ।
 
Published on: 7 March 2018 | Onlinekhabar

Back to list

;