s

अझै खुलेन मलेसिया, मन्त्री विष्टमाथि छानविनको माग

मलेसियासँग श्रम समझदारीपछि पनि रोजगारी खुला नभएपछि राजनीतिक तहमा प्रश्न उठ्न थालेको छ । कांग्रेस र राप्रपाका नेताहरुले श्रममन्त्री गोकर्ण बिष्टमाथि छानविन गर्न प्रधानमन्त्रीसँग सार्वजनिक रुपमै माग गरेका छन् ।

सरकारले सिन्डिकेटधारी बिचौलिया संयन्त्रहरुको खारेजीका लागि दबाव दिन भन्दै मलेसियामा कामदार पठाउन रोकेको ६ महिना बितिसकेको छ । यसकै बलमा मलेसियाले नेपालसँग श्रम समझदारीसमेत गरिसकेको छ ।तर, समझदारी भएको एक महिना बित्दा पनि कामदार पठाउने प्रक्रिया नटुंगिँदा नेपाली कामदारले अझै मलेसिया जान पाएका छैनन् । कामदारलाई ठगी गरेको आरोप लागेका कम्पनीहरुलाई बिचौलियाका रुपमा राख्न नसकिने मन्त्री बिष्टले बताउँदै आएका छन् । भीएलएन लगायतका बिचौलिया संयन्त्रहरुविरुद्ध कामदारलाई ठगी गरेको मुद्दा अदालतमा विचाराधीन छ । यस्तो अवस्थामा उनीहरुमार्फत नै भिसा प्रक्रिया खुला नगर्ने अडानमा श्रम मन्त्रालय छ । मन्त्री विष्टमाथि कोइराला र थापाको आरोप

श्रममन्त्री बिष्टले मलेसियामा रोजगारीमा जाने प्रक्रियामा आवद्ध बिचौलिया कम्पनीलाई हटाएर आफ्ना निकटस्थलाई पोस्न खोजेको आरोप लगाउँदै छानविन गर्न कांग्रेस नेता शेखर कोइराला र कमल थापाले ट्वीटरमार्फत नै प्रश्न उठाएका छन् । यसअघि कांग्रेस नेता रामहरि खतिवडाले पनि मन्त्री विष्टमाथि यस्तै आरोप लगाएका थिए ।

Published on: 4 December 2018 | Onlinekhabar

Back to list

;