s

एजेन्टद्वारा १३ वर्षपछि जग्गा फिर्ता

वैदेशिक रोजगारीका क्रममा ठगिएका एक व्यक्तिले १३ वर्ष पछि आफू विदेश जाने क्रममा  एजेन्टलाई दिएको २ कठ्ठा जग्गा फिर्ता पाएका छन् । नवलपरासीको गैंडाकोट नगरपालिकाका मनवीर दर्जीका बाबुले कतार  पठाउने स्थानीय एजेन्ट गैंडाकोट ५ का दशरथ गिरीलाई ८५ हजार रुपैयाँको सट्टा उक्त जग्गा दिएका थिए । तर, जग्गा हात परेपछि विदेश पठाउनु त कता हो कता दशरथ गिरी सम्पर्कमै आउन छोडेर वेपत्ता भए ।
 
लामो समयसम्म छोरोलाई वैदेशिक रोजगारीमा नपठाएपछि दर्जी गिरीको घरमा पुग्दा उनले सबै सम्पत्ति बेचेर गैंडाकोटबाट सपरिवार अन्यत्रै गइसकेका थाहा पाए । त्यसपछि विदेश जाने रंगीन सपना बुनेका दर्जी परिवारका सदस्यहरु छाँगाबाट खसेजस्तै भए । त्यसैको पीरमा लक्ष्मण दर्जीले घरभित्रै आत्महत्या गरेर देहत्याग गरे ।
 
विदेश जान तयारी अवस्थामा बसेका मनवीर दर्जी र उनका दाजु भाईले एजेन्ट खोज्न हरसम्भव प्रयास गरे । यसै क्रममा दर्जीले २०७२ सालमा सूचना तथा परामर्श केन्द्र, कावासोतीको सम्पर्कमा  पुगे । जिल्ला एजेन्टको खोजीको लागि तत्कालीन ईलाका प्रशासन कार्यालय मार्फत प्रहरी कार्यलयमा निवेदन दर्ता भयो । पछि  एजेन्ट  गिरी फेसबुक मार्फत सूचना केन्द्रको सम्पर्कमा आए । उनीहरुको जग्गा फर्काउन आफुले ढिलो गरेको भएपनि नदिने नियत आफूहरुको नभएको बताउँदै घटना अगाडी नबढाउन गिरीले जग्गा फिर्ता गर्न वाध्य भए । न्यायको खोजीकै क्रममा बाबुको मृत्यु भएपनि हाल लक्ष्मण दर्जीकी श्रीमती उजेली दर्जीको नाममा जग्गा फिर्ता भएको छ ।
 
Published on: 5 April 2018 | Madhyanha

Back to list

;