s

अफ्रिकामा ‘मजुरा नाच्दै’ नेपाली चेली

अमेरिका र युरोप लैजाने सपना देखाउँदै अफ्रिकालाई मानव तस्करीको ‘ट्रान्जिट’ बनाईरहको गिरोहले ‘मजुरा नाच’ देखाउन भन्दै अफ्रिकी मुलुकहरुमा नेपाली चेली ओसार्ने क्रम बढेको छ । नेपालीका लागि अनअराईभल भिसा दिईने अफ्रिकाका केन्या र तान्जानीयााममा त्यसरी ल्याइएका युवती नक्कली कागजात, ओभरस्टे, र भिसाविहीन हुँदा जेलसम्म पुग्ने गरेका छन् । केन्याको पार्कलेन भन्ने ठाउँका डान्स रेष्टुराँमा मजुरा नाच्ने १४ नेपाली युवतीलाई काजातविहीन अबस्थामा जेलमा हालिएको थाहा भएको कान्तिपुरले खबर लेखेको छ । भारतीय मुलका केन्याली रेष्टुराँमा मालिकले जनही अढाई लाख धरौटी राखेपछि ती युवती जेलबाट बाहिर आएका छन् । तर, काम गर्ने अनुमति नपाए उनीहरु फेरि पनि जेल जान सक्ने अबस्था रहेको छ । केन्याको दारेसालस्थित ६ वटा रेष्टुरेष्टमा ९० जति नेपाली युवती रहेका छन् । दारेसालस्थित एक नेपालीका अनुसार रेष्टुराँमा काम गर्ने उनीहरुलाई नाच्ने बाहेक धनी र नियमित ग्राहकसँग यौन धन्दाका लागि बाहिर पठाइने गरेको छ ।

Published on: 25 July 2013 | Kantipur

Back to list

;