s

अफगानमा नेपालीको मृत्यु नभएको पुष्टि

अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहान भएको तालिबानी आक्रमणमा तीन भारतीय, एक बेलायती र एक रोमानियालीको मृत्यु भएको छ । घटनामा चार नेपाली सुरक्षागार्ड घाइते भएको त्यहाँका नेपाली कामदारले जानकारी दिएका छन् । घाइतेहरूमा धरानका सुधीर लिम्बू, काठमाडौंका विपिन सिम्खडा र तनहुँका वासुदेव रानाभाटको उपचार भइरहेको छ । अर्का घाइते विनोद अधिकारी मंगलबार अपराह्नै डिस्चार्ज भइसकेका छन्् । स्थानीय कामदार शशि पौडेलका अनुसार घाइतेको स्वास्थ्य स्थिति सामान्य छ । मंगलबार अपरान्हसम्म उक्त घटनामा चार नेपालीको मृत्यु भएको भन्दै अन्तर्राष्ट्रिय मिडियामा प्रचार भएको थियो ।

Published on: 4 July 2013 Kantipur

Back to list

;