s

अफगानिस्तानमा राष्ट्रसंघीय कार्यालयमा कार्यरत नेपाली फर्किन पाउने

चन्द्रशेखर अधिकारी

 

काठमाडौं : सरकारले अफगानिस्तानमा रहेर राष्ट्रसंघीय कार्यालयमा कार्यरत नेपालीलाई घर फर्कने स्विकृति दिएको छ । त्यहाँ कार्यरत नेपालीहरुले त्यहाँभन्दा नेपालमा रहन सुरक्षित हुने बताएपछि राष्ट्रसंघले नै उनीहरुलाई फर्काउन पहल गरेको हो । कार्यरत नेपालीहरुको चाहना अनुरुप राष्ट्रसंघले नेपाल सरकारलाई चार्टर उडानको स्विकृतका लागि एक सातादेखि आग्रह गरेको थियो । 

अफगानिस्तान हेर्ने दिल्ली दूतावासमार्फत उक्त अनुरोध परराष्ट्रमा आएको हो । त्यसपछि लगातार छलफल भएर बुधबारको उच्चस्तरीय समितिको बैठकले आउन स्विकृति दिएको हो । राष्ट्रसंघमा कार्यरत उनीहरुभित्र सुरक्षित रहेका कारण पनि लयाउन कुनै समस्या नहुने सुझाव परराष्ट्र मन्त्रालयको रहेकाले समितिले फिर्ताको निर्णय लिएको हो ।  

कतिपय बिदामा रहेका र उनीहरु अन्यत्र जान सक्ने अवस्था पनि नभएकाले ती प्रोफेसनल अधिकारीहरुलाई सरकारले आउन स्विकृत दिएको हो । उच्चस्तरीय समितिमा यसरी आउन दिंदा अन्यत्र रहेका नेपालीले पनि संगठितरूपमा फर्कने खोजे के गर्ने भन्ने प्रश्न पनि उठेको परराष्ट्र अधिकारीले बताए । अहिले खाडीमा छुट्टी तय गरेका नेपालीहरु फर्कन खोजेका छन् भने युरोपमा विनाभिसामा रहेका नेपाली पनि स्वदेश फर्कन गैर आवासीयन नेपालीमार्फत पहल गरिरहेका छन् । 

उनीहरु सुरक्षीत स्थानमा रहेको र परीक्षणसहित आउने हुनाले घरैसम्म लैजाने जिम्मेवारीसमेत राष्ट्रसंघ कै रहेकाले सरकारलाई कुनै समस्या नहरेको र यसको उचित व्यवस्थापन हुने अधिकारीले बताए । परराष्ट्र सचिव शंरदास बैरागीले कति नेपाली फर्कने र कुन प्रकारको निर्णय भएको आफूलाई जानकारी नभएको तर राष्ट्रसंघीय निकायले आग्रह गरिरहेको बताए । 

संयुक्त राष्टसंघकै विशेष अनुरोधका आधारमा त्यहाँ राष्ट्रसंघीय युनिटमा काम गर्न पुगेका १७ जना नेपालीको उद्दारको स्विकृत गर्ने निर्णय समितिले लिएको हो । उनीहरु सबैलाई राष्ट्रसंघले विशेष उडान र यहाँ पनि एअरपोर्टबाट छुट्टै व्यवस्था गर्ने तयारी जनाएको छ । यसबाहेक अन्य नेपाली पनि त्यहाँ रहेकाले उनीहरुको विषयमा के गर्ने भनेर पनि छलफल चलिरहेको एक अधिकारीले बताए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीका अनुसार उनीहरुलाई उचित तवरले सुरक्षित  घर पुर्‍याउने तयारी गर्ने निर्णय समितिले गरेको हो । उनले उनीहरुलाई फिर्ता गर्ने विषयमा आएको अनुरोधलाई सरकारले स्विकृत गरेको बताए । नेपाली नपुगेको कुनै कुना नरहेको भन्दै सुरक्षित रहेका नेपालीले घर फर्कन चाहँदा सरकारले समन्वय भने गर्ने भन्दै आएको छ । यद्यपि अहिले भेन सरकालरे जहाँ जुन अवस्थामा छन् त्यहीँ रहेर सुरक्षित हुन आग्रह गरिरकेको छ । 

साइप्रसमा रहेका नेपाली यतिबेला आफ्नै मुलुक जान पाए हुन्थ्यो भन्दै सरकारलाई खुला पत्र लेखिरहेका छन् । त्यहाँ अवैध रुपमा रहेर काम गरिरहेका छन् । कतिपय घरेलु कामदारको रुपमा छन् । कोही युरोप पस्ने आशमा पढ्न भन्दै गएर विना भिसा रहेका पनि छन् । उनीहरु पनि स्वदेश फर्कन खोजिरहेका छन् । सरकारले कोरोना भाइरसको उत्पती भएको सहर हुपै प्रान्तको वुहानबाट पनि १ सय ७१ जनालाई सरकारले नै चार्टर गरेर फर्काएको र दुई साता क्वारेन्टाइनमा राखेर घर पठाएको थियो । त्यही आशा अन्यत्र रहेका नेपालीले पनि गरिरहेका छन् । यद्यपी सरकारले सबै स्थानमा त्यो स्तरको कार्य गर्न सक्दैन तर त्यहाँ रहेका सरकार प्रमखु र सरोकार वालालाई कल गरेर आफ्ना नागरिकको रेखदेख गर्न भनेको छ । 

दूतावासले पनि नियमित सम्पर्क गर्न र संक्रमणका परेकालाई उचित उपचारको प्रवन्ध गर्ने कार्य गरिरहेको छ । सबै दूतावासलाई त्यही प्रकारको निर्देशन पनि छ । अहिले नियमित उडान अधिकांश मुलुका छैन । नेपालमा पनि आन्तरिक र अन्तर्राष्टिय उडानहरु भने सरकारले ३० अप्रिल (वैशाख १८) सम्मको  लागि स्थगित गरेको छ । जसले गर्दा यस्ता उद्दार कार्य चार्टर उडानमा मात्र सम्भव छ ।

Published on: 16 April 2020 | Annapurna Post

Link

Back to list

;