s

अफगानिस्तानमा ४ नेपाली घाइते

देवेन्द्र भट्टराई

अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहान भएको तालिबान आक्रमणमा चार नेपालीको ज्यान गएको भनिए पनि पुष्टि हुन सकेको छैन ।

काबुल प्रहरीले चार नेपाली परेको बताए पनि स्थानीय नेपाली कामदारले यो खबर गलत भएको बताए । अफगानिस्तान मामला हेर्ने इस्लामाबादस्थित राजदूत भरत पौड्यालले पनि आक्रमणमा कोही नेपाली मारिएको पुष्टि नभएको बताए ।

मंगलबार बिहान स्थानीय समयअनुसार ५ बजे आक्रमणकारीले विदेशी नागरिकको बसोबास रहेको पिनेकल नर्थ होटल र साथमै रहेको नेटोलाई सामान उपलब्ध गराउने कम्पनी सुपि्रमको कार्यालय नजिकै विस्फोट गराएका थिए । एक आत्मघाती तालिबानले सुरु गरेको आक्रमणमा विस्फोट गराएसँगै

बाहिर उभिएका अन्य तीन आक्रमणकारी गोली हान्दै होटल पिनेकलभित्र छिर्ने प्रयास गरेका थिए । आक्रमणकारी र सुरक्षा गार्डबीच भएको गोली हानाहानमा सबै आक्रमणकारीको मृत्यु भएको थियो ।

पिनेकल होटलमा कार्यरत एक नेपाली सुरक्षाकर्मी सुवास दुराले कान्तिपुरलाई बताएअनुसार यो भिडन्तमा चार नेपाली घाइते मात्रै भएका हुन् ।

उक्त क्षेत्रमा रहेको पर्सनल सेक्युरिटी पर्सनल नेपाली रहेकामा उनीहरू भित्री भागमा कार्यरत थिए । अर्का सुरक्षागार्ड शशि महतले चार नेपाली घाइते भएको र अन्य विदेशी मात्रै मारिएको बताए ।

इस्लामावादस्थित राजदूत पौड्यालका अनुसार घाइते चार नेपालीमध्ये एक मंगलबार अपराह्न स्थानीय अस्पतालबाट डिस्चार्ज भएका छन् भने अन्यको स्थिति सामान्य छ ।

Published on: 3 July 2013 | Kantipur

Back to list

;