s

‘अफगानिस्तानमा गैरकानुनी बाटोबाट जानेलाई नसोचेको खतरा छ’ [भिडियो]

देवेन्द्र भट्टराई

काठमाडौँ — स्याङ्जा, गल्याङ मूलघर भएको ओमकुमार घले रोजगारीका क्रममा अफगान भूमिमा बसेको १२ वर्ष भयो । सुरुमा रोजगारी क्रममा इराकको बग्दाद पुगेका घले पछिल्ला वर्षमा अन्तरराष्ट्रिय सेक्युरिटी ग्रुप गार्दावर्ल्डमा सम्बद्ध थिए । 

दुई साताअघि अफगािनस्तानको राज्यसत्ता तालिवान समूहले कब्जा गरेपछि घले कार्यरत रहेको गार्दावर्ल्डसहितका अन्तरराष्ट्रिय सेक्युरिटी ग्रुपमा रहेका नेपालीको क्रमश उद्धार एवं घरफिर्ती सुरु भएको थियो । घलेसहित एउटै लटमा १ सय १९ नेपाली काबुल–दुबई–लण्डन–दोहा हुँदै एक साताअघि काठमाडौं आइपुगेका थिए । 

‘बेलायती, अमेरिकी, जापानी दूतावाससहितका प्रमुख कूटनीतिक नियोग र राष्ट्रसंघीय निकाय समेतमा नेपाली सुरक्षाकर्मी, कामदारको उपस्थिति थियो,’ घले भन्छन्, ‘यी प्रमुख कूटनीतिक नियोग र अन्तरराष्ट्रिय निकायले आफैं जिम्मेवारी लिएर नेपालीसहितका कामदारलाई फिर्ता गर्नमा तदारुकता देखाएकै हुन् । तर गैरकानुनी बाटो र उपायबाट काबुल जाने नेपालीको भने स्थिति निकै नाजुक छ । उद्धारको पहलमा नेपाल सरकारले अझै जोड दिनुपर्ने देखिन्छ ।’ 

अफगानिस्तानको सुरक्षा र प्रशासनिक स्थिति सहज हुनासाथै अन्तरराष्ट्रिय सुरक्षा कम्पनीले फेरि पनि काममा बोलाउने आशा घलेसहितको कामदार टोलीले गरेको रहेछ । ‘२/३ महिनापछि स्थिति सहज भएपछि फेरि काबुल जान सकिने आशा गरेका छौं,’ उनले इकान्तिपुरसँग भने ।

Published on: 30 August 2021 | Kantipur

Link

Back to list

;