s

अध्ययनका लागि जापान पुगेका नेपाली युवकको मृत्यु

सरिता थापा

जापान, कात्तिक २६ गते। दुई महिनाअघि अध्ययनका लागि जापान आएका एक नेपालीको मृत्यु भएको छ।

जापानको रयोग़ोकु स्टेसनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि आएका नेपालको नुवाकोटका १८ वर्षीय प्रवीण नेपालको बिहीबार मृत्यु भएको हो।

युवकको मृत्यु शङ्कास्पद रहेको छात्रावासमा बसेका विद्यार्थीले बताएका छन्। यस विषयमा जापानको आधिकारी निकायले केही भनेको छैन।

मंगलबारसम्म विद्यालयमा नियमित अध्ययनका लागि गइरहेका युवक बिरामी भएको जानकारी गराइएको थियो। नियमित अध्ययनका लागि नगएपछि साथीहरूले खोज्दा कोठामा मृत भेटेका हुन्।

कन्सल्टेन्सीमार्फत मृत्युबारे परिवारलाई जानकारी गराइएको साथीहरूले बताएका छन्। आवश्यक अनुसन्धानका लागि युवकको शव प्रहरीले अस्पतालमा राखेको छ। परिवारले शव नेपालमै अन्तिम संस्कारका लागि मागेको बताइएको छ।

Published on: 14 November 2022 | Gorkhapatra

Link

Back to list

;